काँग्रेसको प्रचार संयोजकमा खाँण

काठमाडौँ, कार्तिक ८ ।
नेपाली काँग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी दिएको छ ।
काँग्रसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्ष तथा नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका खाँणलाई पार्टीभित्र प्रभावशाली नेताको रुपमा हेरिने गरिएको छ ।
काँग्रेसको विचारलाई जनतासमक्ष पु¥याएर आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित तुल्याउन के कस्तो ढंगबाट प्रचारप्रसारलाई अघि बढाउने भन्ने विषयमा पार्टी पदाधिकारी, केन्द्रिय सदस्य र सञ्चारविज्ञसँग छलफल शुरु गरिसकिएको संयोजक खाँणले जानकारी दिए ।
केही दिनभित्रै प्रचारप्रसार समितिलाई पूर्णता दिँदै विभिन्न आयामबाट निर्वाचनको प्रचारप्रसारलाई तीव्ररुपमा अघि बढाउने सन्दर्भमा निर्वाचन सामाग्रीको छपाई तथा व्यवस्थापनको कार्य गरिने उनले बताए ।
काँग्रेसले मुलुकका केही लोकतान्त्रिक शक्तिसँग निर्वाचनको तालमेल गरी अघि बढ्ने उद्घोष गरिसकेको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेसका १०३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।