काँगेसको भवन बनाउन जग्गा दिने गुरुङको निधन

पोखरा, मंसिर ३ ।
नेपाली काँग्रेस सार्दीखोला इकाईको कार्यालय भवन निर्माणका लागि जग्गा दिने जग्गादाता आसबहादुर गुरुङको निधन भएको छ । केही महिनाअघि निर्माण सम्पन्न भएको भवनका लागि गुरुङले ८ आना जग्गा दान गरेका थिए ।

उनी २०४९ सालमा नेपाली काँग्रेसबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए । फिस्टेल अस्पतालमा उपचार गराइरहेका गुरुङको ९१ बर्षको उमेरमा निधन भएको हो । गुरुङको निधनले सार्दिखोला इकाई र समग्र काँग्रेसलाई नै अपुरणीय क्षति भएको इकाई सभापति गुञ्जमान गुरुङले बताए ।

गुरुङ तमु प्हे ल्हु संघ सार्दिखोलाको अध्यक्ष समेत भएका थिए । उनलाई समाजसेवीको रुपमा सर्वसाधारणले चिन्छन् । गुरुङको बुधबार अन्त्यष्टी गरिने परिवार श्रोतले जनाएको छ । उनको अन्त्यष्टीमा काँग्रेसका केन्द्रीय नेताहरुको उपस्थिति रहने काँग्र्रेस सार्दिखोलाले जनाएको छ ।