कसैले गल्ती गर्छ भने आफ्ना नातेदार भनेर छोड्न हुँदैनः पोखरा २५ का वडा अध्यक्ष तिम्सिना

 

हेमजा, १६ साउन ।

 

समाजमा रहेका व्यक्तिको शान्ति सुरक्षा कायम गर्ने काम प्रहरीले गरेको भन्दै अपराध गर्ने र सहने दुबै समाज कै व्यक्ति भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक राजकुमार के.सी.ले  बताएका छन्  ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ हेमजाको बिहिबार सम्पन्न दोस्रो साधारण सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

 

सोही कार्यक्रममा बोल्दै कार्यक्रमका विषेश अतिथि पोखरा २५ का वडा अध्यक्ष सोभाकर तिम्सिनाले सेवा केन्द्रले प्रशंसनिय काम गर्दै आएको भन्दै कसैले गल्ती गरेमा आफ्ना नातेदार भनि छोड्न नहुने बताए ।

 

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोला, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कास्की जिल्लाका निवर्तमान अध्यक्ष बिष्णु बहादुर भट्टराइ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा लेखनाथका अध्यक्ष रमेश ओझा, सल्लाकार धर्मराज बाँस्तोला र समाजसेवी भिमप्रसाद श्रेष्ठ लगाएतले कार्यक्रकको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

कार्यक्रममा कोषाध्यक्षको प्रतिबेदन सदस्य दुर्गा प्रसाद तिम्सिनाले र सचिबको प्रतिबेदन सचिब दान बहादुर भुजेलले प्रस्तुत गरेका थिए ।

 

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाकी अध्यक्ष बिष्णु बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष घनश्याम तिम्सिनाले र सञ्चालन सचिब भुजेलले गरेका थिए ।