कर्मचारी सरुवा फुकुवा

काठमाडौं, भदौ २९ ।
निर्वाचन आचारसंहिता विपरित भएका कर्मचारी सरुवा फुकुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको थियो । व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य प्रशासन मन्त्रालयले स्थगित गरेको थियो ।
सामान्य प्रशासन मन्त्रालयले स्थगित गरिएका ति सबै सरुवा फु्कुवा भएको जनाएको छ । निर्वाचन आयोगले सरुवाको अनुमति दिएपछि स्थगन फुकुवा गरिएको कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लिलाराज काफ्लेले बताए ।
दुई नम्बर प्रदेशमा असोज २ गते हुन लागेको स्थानीय चुनाव आउन एक हप्ता पनि बाँकी नरहेको बेला मन्त्रालयले सरुवा, काज र कामकाजमा खटाइएका कर्मचारीहरुलाई अविलम्ब रमाना लिन निर्देशन समेत दिएको छ ।