कर्मचारीहरु टोपी लिएर भाग्ने दिन नआओस्–अख्तियार प्रमुख घिमिरे

पोखरा, असोज २५ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेले भ्रष्टार गर्ने विरुद्ध आयोगले स्विप अपरेशन गर्ने बताएका छन् । पोखरामा आफ्नै भवन शिलान्यास गर्दै उनले जनता सचेत भैसकेकोले कामप्रति जिम्मेवार हुन कर्मचारीलाई निर्देशन दिए । संक्रमणको मौका छोपेर स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै उनले कसैलाई पनि अनियमितता गर्ने छुट नभएको बताए ।

‘स्थानीय सरकार कानुन निर्माणको चरणमा छन् । त्यो हिसावले संक्रमण चलिरहेको छ । तर संक्रमणको नाममा भ्रष्टाचार र अनियमितता गर्ने छुट वहाँहरुलाई पनि छैन, उनले भने–आयोगले सबैलाई नजिकबाट त्यसलाई हेरिरहेको छ । हरेक क्रियाकलापको पछाडी आयोग छ । त्यैपनि अहिले उजुरीको संख्या हेर्दा स्थानीय सरकारको अवस्था दुखदायी छ ।’

देश संघीय संरचनामा रहेको उल्लेख गर्दै संविधान कार्यान्वयनमा सबैजना जुट्नुपर्ने अवस्था आएको उनको भनाई छ । ‘नेपाल सरकारको निर्माण सम्वन्धि कार्यमा सुशासनको अवस्था चुनौतिपूर्ण छ । आयोग क्रमिक रुपमा सबै बिषयमा प्रवेश गर्दैछ, उनले भने–निर्माण ब्यवसायीहरु टोपि हातमा लिएर निर्माणमा जुट्नुस् । अन्यथा आयोग टुलुटुलु हेरेर बस्न सक्दैन । संविधानले दिएको दायित्व हामी पूरा गरेरै छोड्छौं ।’

आयोग बाध्यताले मात्रै सार्वजनिक सेवामा प्रवेश गर्ने भन्दै त्यस्तो बाध्यता सिर्जना नगर्न सुझाए । भ्रष्टाचार निर्मुल नहुने भन्दै न्यूनिकरणको प्रयास आँफुले गर्ने घिमिरे बताउँछन् । कर्मचारी नसच्चिए टोपी हातमा लिएर भाग्ने दिन आउने उनले बताए । ‘सेवाको वरिपरि जनतालाई घिसार्दै ल्याउने कि सेवा सुविधा जनताको ढोकामा पु¥याउने ? कर्मचारीहरु हिजोकै जसरी सदरमुकाममा बसेर यथास्थितीमा रमाउने समय छैन । हाम्रो कर्मचारी संन्यत्र आँफै हिँड्दैन ठेलिन्छन्, घिमिरेले भने–राष्ट्रसेवक मित्रहरु आफ्नो मूल्याङ्कन आफैँ गर्नुस् । बिडाम्बनापूर्ण अबस्था जनता सहन सक्दैनन् । कुनै दिन जनता उठे भने हामी टोपी हातमा लिएर भाग्नुको विकल्प छैन । भाग्ने अबस्था नआओस मेरो शुभकामना छ ।’