कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

पोखरा, जेठ ८ ।

झण्डै २० वर्षपछि कास्की प्रहरीले अमिरबहादुर रानाभाटको हत्याका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ०५६ साल असोज महिनामा कास्की जिल्ला साविक मिजुरेडाँडा गाविस(८ माझटीमा बस्ने अमिरबहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेका थिए ।

घटनामा संलग्न साविक मिजुरेडाँडा गाविस(४ घर भइ हाल मादी गाउँपालिका—३ बस्ने वर्ष ३८ का ठकुरी माहिलो भन्ने मनबहादुर शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको थियो ।
ि
जल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएको छ । सम्मानित सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला गरेको थियो ।