करेन्ट लागेर १ जनाको मृत्यु !

पोखरा, भदौ २७ ।
म्याग्दी र तनहुँमा करेन्ट लागेर भएका दुई फरक घटनामा परि एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रघुगंगा गाउँपालिका ८ घ्यासीखर्क बस्ने ५३ वर्षीया मन माया छन्त्याल घरबाट बाहिर निस्किएको अवस्थामा नजिकै बिजुलीको पोल ढलेर करेन्ट लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि तनहुँको बन्दिपुर नगरपालिका १ चिसापानीमा लम्जुङको सुन्दरबजार नगरपालिका २ हाडीटार घर भएका २१ वर्षीय गौरब कुमाललाई करेन्ट लागेर घाइते भएका छन् । बिजुलीको पोल नजिकै फाइबरको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको दमौलीको अस्पतालमा उपचार भईरहेको छ ।