करेन्ट लागेर एक जनाको मृत्यु

सिन्धुपाल्चोक, पुस २६ ।
सिन्धुपाल्चोकमा करेन्ट लागेर एक जनाको बिहीबार मृत्यु भएको छ । चौतारा साँगा चोकगढी नगरपालिका–२ बदासेको सेरा निवासी २६ वर्षीया टीकालाल श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

बिहान बाटो हिँडिरहेको अवस्थामा प्रसारण लाइनको तार चुँडिएर जमिनमा लत्रिरहेको अवस्थामा श्रेष्ठले नदेखेर कुल्चँदा करेन्ट लागेको थियो । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।