कम्युनिष्ट गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी–गुरु बराल

पोखरा, मंसिर २ ।
कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (क) का उम्मेदवार गुरुप्रसाद बरालले बाम गठबन्धनको नाममा एमाले माओबादीको कम्युनिष्ट गठबन्धन लोकतन्त्र र प्रजातन्त्रको विरोधी भएको बताएका छन् । पोखरा ३३ भरतपोखरीका युवा भेलालाई सम्बोधन गर्दै उनले काँग्रेस जनताको आफ्नो पार्टी भएको बताए । ‘बहुसंख्यक जनता अझै पनि गरिवीको रेखामुनी छन् । कम्तिमा गाँस, वास कपास मान्छेको मानवीय अधिकार हो, उनले भने–यो अधिकार प्राप्तीको लडाइँको लागी म अनवरत लडिरहने छु । यो मेरो प्रतिबद्धता हो ।’
कास्कीको विकासका लागि आँफु सँधै तयार रहेको भन्दै उनले आफ्नो राजनीति जनताको हित र मानवअधिकारको रक्षामा होमिएको बताए । ‘कम्युनिष्ट गठबन्धन स्थायीत्वका लागि होईन । राष्ट्रिय राजनीति भाँड्नका लागि हो, बरालले भने–सबै मिलेर काँग्रेस सक्ने र पछि आँफै भागबण्डा गरेर देश बर्बाद गर्छन् । हामी बेलैमा सचेत हुनुपर्छ ।’
चुनाव लगत्तै आफ्नो क्षेत्रको विकासे गुरुयोजना तयार गरेर प्रदेश सरकारमा प्रश्तुत गर्ने र आवश्यक बजेट विनियोजनका लागि दवाव दिने उनको प्रतिबद्धता छ । ‘हाम्रा हरेक थुम्काले पर्यटक तान्न सक्छन् । उनीहरुलाई २÷४ दिन भुलाउन सक्छन्, उनी भन्छन्–कृषिका लागि ठूला फाँटहरु पनि हामीसँग छन् । समृद्धीका लागि कसैसँग झुक्नुपर्दैन, उचित ब्यवस्थापन गरे पुग्छ ।’ पर्यटकीय क्षेत्रहरुको विकास र प्रबद्र्धनमा आफ्नो जोड रहेको बरालले बताए । योसँगै स्वरोजगारका कार्यक्रम ल्याएर युवा बेरोजगारी अन्त्य गर्ने उनको दावी छ । बरालले शनिवार पोखराका विभिन्न वडा र टोलहरुमा घरदैलो गरेर मतदातासँग मत मागेका थिए ।