कम्युनिष्ट एकीकरणले नयाँ पार्टी (उग्रबाम) जन्मिने खतरा–लेखक

नेपालका हरेक तह कम्युनिष्ट बहुमतमा छ । सबै तहमा काँग्रेस प्रमुख प्रतिपक्षमा छ । यो अवस्थामा काँग्रेसका भूमिका र देशप्रतिको जिम्मेवारी अनि पार्टी ब्यवस्थापन बारे सम्पादक प्रकाश ढकालले काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखकसँग कुराकानी गरेका छन् । कुराकानीकै क्रममा लेखक भन्छन्–नेपालमा अव नयाँ पार्टीको रुपमा अर्को उग्रबामपन्थी जन्मिने खतरा छ । प्रश्तुत छ सोही कुराकानीको केही अंश–

पछिल्लो समय प्रतिपक्षीको हैसियतले नेपाली काँग्रेस उतिधेरै जिम्मेवार हुन सकेन भन्ने गुनासो छ नि, काँग्रेस के गर्दैछ यतिबेला ?

पछिल्ला निर्वाचनहरुमा एकपछि अर्को गर्दै हा¥यौं हामी । निर्वाचनको पराजयले पीडा छ । देशभर मनोबल गिरेको जस्तो बनायो । यसबाट पनि काँग्रेसलाई तंग्रिन केही समय लाग्छ । अर्कोकुरा पार्टीभित्र केही समस्याहरुपनि छन् । सिद्धान्तको हिसावले फरक विचार त होईन, तर पार्टी सञ्चालनको कार्यविधिगत तहमा केही मतभिन्नताहरु छन् । केही समस्याहरु छन् । यो स्वभाविक हो । तर यसको ब्यवस्थापन महत्वपूर्ण हो । काँग्रेसले यसलाई ब्यवस्थापन राम्रोसँग गर्न सकेको छैन । तर काँग्रेसले प्रतिपक्षको भूमिका सुन्दर हिसावले पूरा गर्न सक्छ । केही समय लाग्छ । हामी फर्ममा आउँछौं र सुन्दर प्रतिपक्षी बनेर जनताप्रतिको उत्तरदायित्व पूरा गर्छौ ।

काँग्रेसको केन्द्रिय समितिमा बैठक बस्ने वित्तिकै चर्काचर्की बढी चल्छ । आन्तरिक ब्यवस्थापनका कुरा चल्दैन ?

केन्द्रिय कमिटीको बैठकमा सबै कोणबाट छलफल भएका छन् । जुन ढंगले बाहिर आएको छ, ठ्याक्कै त्यस्तो होईन । बाहिर अलि बढाईचढाई गरेर आउँछ, मैले हेरिरहेको छु । तर छलफल भएको छ । पार्टी किन पराजयको कारण सुक्ष्म ढंगले केलाउने काम गरेको छ । भयो भनेर १, २, ३, ४ गरेर दृष्टीकोण बनेको छ ।

मुलुकका महत्वपूर्ण राजनीतिक विषयहरुमा काँग्रेस किन पछि परिरहेको छ ?

आन्तरिक ब्यवस्थापनकै काममा समय बितिरहेको छ । काँग्रेसलाई बाह्य घटनाको सुक्ष्म बिश्लेषण गर्ने भन्दा पार्टीलाई सही दिशामा लैजाने कुराले घेरिरहेको छ । यहाँले भन्नुभएको कुरा सही हो । मुलुकका मुख्य घटनाक्रममा हामी बाहिर देखिने गरी आउन सकेका छैनौं । तर यसको सुरुवात भएको छ । हामीले अव सबै घटनाक्रमको अध्ययन अवलोकन गर्नुपर्छ र सही धारणा बनाउनुपर्छ । अनि जनताको बीचमा ल्याउनुपर्छ ।

काँग्रेसको कुरा आउने वित्तिकै चुनाव जोडिन्छ । कार्यकर्ता र मतदाताको सुझाव लिने बेला भएन ? के छ उनीहरुको प्रतिक्रिया ?

मैले के भन्ने गरेको छु भने युद्ध र निर्वाचनमा केही समानताहरु हुन्छन् । कुनै युद्ध एउटमात्रै कारणले जित्ने वा हार्ने कुरा हुँदैन । चुनाव पनि त्यस्तै हो । म निर्वाचन हारेको छु । केही समय पार्लियमेण्टमा पनि बसें । अव अलिकता टेष्ट चेन्ज गर्न चाहाने पनि हुँदो रहेछ मतदातामा । मेरो सम्पर्क पनि कमजोर भयो होला । अलि मेहिनत पनि पुगेन होला । अब कार्यकर्ताका सुझाव धेरै थरिका छन् । काँग्रेसकै कार्यकर्ता चाहीँ पार्टी सुधार्नुप¥यो भन्छन् । काँग्रेसभित्रको चिन्ता बढी छ । अरु पनि जनतासँग जानुप¥यो भन्छन् । यस्तै, यस्तै हो ।

स्थानीय तहको चुनाव भएको बर्षदिन कटिसक्यो । प्रदेश र संघको सरकार बनेको पनि आधा बर्ष भैसक्यो, कसरी चल्यो सरकार ? विष्लेषण गर्नुभएको छ ?

राष्ट्रिय अन्तराष्ट्रिय रुपमा त अव सरकारका कामप्रति टिप्पणी गर्ने समय भैसक्यो । मर्निङ सोज द डे भनेजस्तो सरकार धेरै राम्रो हिसावले अघि बढ्ला जस्तो मलाई लाग्दैन ।

कुनै कारण ? के देख्नुभो त्यस्तो ?

प्रधानमन्त्री जीले सम्पूर्ण अधिकार केन्द्रिकृति गर्ने तिर केन्द्रित हुनुभएको छ । जवकी अहिले हामी संघीयता र विकेन्द्रिकरणको कुरा गरिरहेका छौं । वहाँ प्रधानमन्त्रीलाई बलियो बनाउने कुरा गरिरहनुभएको छ । अहिले जुन राजनीतिक प्रबन्धलाई अंगिकार ग¥यौं । त्यो अनुकुलको चरित्र होईन । हामीले अवलम्बन गरेको त शक्तिको विकेन्द्रीकरण हो । केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहमा धेरै पावर पठाउने कुरा हो ।

संविधानका आधारभुत मान्यतामा बस्न सरकार चाहँदैन । म कानुनको पनि विद्यार्थी भएको हुँदा, अलि विश्लेषण गर्छु । हामीले एउटा ब्यवस्था नियमावलीमा गरेका छौं । संसदको सदस्य भएर काम गर्नका लागि सदस्यको शपथ लिनुपर्छ । कोही ब्यक्ति शपथ नलिईकन काम ग¥यो भने जरिवाना हुन्छ, अर्थात त्यो भनेको एकखाले अपराध हो । तर प्रधानमन्त्री जीले प्रधानमन्त्री बन्नका लागि पनि शपथ ग्रहण गर्न आवश्यक ठान्नुभएन । मैले भन्न खोजेको चाही यही कुरा अन्तिम हो, यसैले सबै शक्ति गयो भन्ने होईन तर यो सामान्य घटना पनि हुँदै होईन ।

मैले के लक्षण देखिरहेको छु भने शक्तिको केन्द्रिकरण गर्ने र केन्द्रिकृत शक्तिको बलमा संविधानलाई पेल्ने खतरा देखिएको छ । यो भनेको सर्वसत्ताबाद भन्नुस् वा त्यसको सानो रुप हो । यसको आकार बढ्दै गयो भने अधिनायकवादी चरित्र बन्छ । अधिनायकबाद बाजा बजाएर आउँदैन, ब्यवहारबाट आउने हो । चरित्र राम्रो देखिएको छैन ।

सरकारलाई तपाईंको सुझाव के ?

सरकारलाई अहिले कुनैपनि अवरोध छैन र कुनैपनि वहाना गर्ने अधिकार सरकारलाई छैन । सरकारलाई चाहिनजति बल छ । यति शक्तिशालि सरकारले धेरै कुरा गर्न सक्छ, गर्नुपर्छ । सरकारले संविधान र कानुन, बाचा बमोजिम राम्रा काम गरोस्, गरेन भने प्रतिपक्षीको भूमिका हामी पूरा गर्छौं ।

काँग्रेसको आन्तरिक विवाद चाहीँ कहिलेसम्म सक्नुहुन्छ ?

पार्टीभित्र समूहहरु छन् । समूहको द्धन्द्ध छ । मिलिरहेको छैन । अव कमिटीभित्र पदाधिकारी बनेको छ । विभागहरु बनाएर पार्टी अघि बढ्छ ।

विशेष महाधिवेशनको कुरा पनि अझै सेलाएको छैन । विधान संशोधन कहिले गर्ने र नयाँ संरचना अनुसारको समिति गठन कहिलेसम्म बनिसक्छ ?

विशेष महाधिवेशनको त सम्भावना छैन । अव महाधिबेशन नै गर्ने हो । हामीले संविधानमा नयाँ प्रशासकीय र राजनीति संरचना बनायौं सोही अनुसार राजनीतिक कमिटी बनाउनुपर्छ । त्यो भन्दा पहिले विधान संशोधन हुनुपर्छ । यसलाई मिलाउँदै लैजाने हो । नयाँ विधान अनुसार तलैदेखि कमिटि बनाउँदै लैजाने भने आउँदो महाधिवेशन सबै पूरा हुन्छ ।

भ्रातृ संगठन पार्टी अनुशासनभित्र छैनन् । अरु दलजस्तो काँग्रेसका भ्रातृ संगठनहरु किन यति छाडा ?

यो पनि पार्टीभित्रको आन्तरिक अन्तरविरोध हो । सबै बिषयको एउटै कुरा के हो भने पार्टीमा केही समस्याहरु छन् । त्यसको सर्वत्र संक्रमण फैलिएको छ । पार्टीको समस्या समाधान हुने वित्तिकै यो समस्या पनि समाधान हुन्छ ।

काँग्रेसको आन्तरिक सँगै बाह्य चुनौति पनि उत्तिकै बढिरहेको छ । यसको समाधान के होला ?

मुल कुरा त मैले भनेनि, पार्टीको आन्तरिक ब्यवस्थापन नै मुख्य हो । विधान बनाउनुप¥यो र सोही अनुसार कमिटी फर्मेसन गरेर जनताका माझमा पार्टीलाई लैजानुप¥यो । अहिलेको अवस्थामा जिम्मेवार र सचेत प्रतिपक्षको भूमिका पूरा गर्नुप¥यो । अरु कुरा मिल्दै गर्छ । गुट रहित र समूह रहित पार्टी परिकल्पना गर्नुभयो भने तपाईंको गलत हो ।

काँग्रेस जन्मेकै दिनदेखि गुट र समूहमा थियो । २००६ सालमै दुईवटा पार्टी मिलाएर काँग्रेस बनेको हो । यसलाई ब्यवस्थापन गर्दा राम्रो भएर गएको छ, ब्यवस्थापन गर्न नसक्दा विग्रिएको इतिहास छ । निर्गुट काँग्रेस हेर्नुभयो भने सम्भव छ ? त्यसैले गुटसहितको काँग्रेस तर गुटबीच पनि द्धन्द्ध ब्यवस्थापन भएको काँग्रेस बनाउने हो । हाम्रो अभियान यसमा केन्द्रित छ । यसले नै देशको र जनताको पनि भलो गर्छ ।

कार्यकर्तालाई भन्नुपर्ने के छ ?

पार्टीका सबै तह मिलाएर लैजाने हो । काँग्रेस प्रतिपक्षमा छ, प्रतिपक्षको भूमिका पूरा गर्न तयार हुनुपर्छ । समस्या के छ भने, काँग्रेस सँधै सरकारमै सम्झिन्छ, कार्यकर्ताको मानसिकता पनि त्यस्तै छ । सरकारमा हुनु र प्रतिपक्षमा हुनु सबै हिसावले फरक भूमिका हुन्छ । त्यसैले प्रतिपक्षीको तयारी काँग्रेसले गर्नुपर्छ ।

अन्तिममा कम्युनिष्ट पार्टीको एकीकरणले काँग्रेसलाई थपेको चुनौति र राजनीतिक परिदृष्यबारे केही भन्नु हुन्छ कि ?

दुई पार्टी एक हुँदा काँग्रेसलाई भन्दा बढी चुनौति वहाँहरुलाई नै छ । एउटै पार्टी काँग्रेसमा त यति समस्या छ भने अलग अलग पार्टी जोडिदा कम्ति सास्ती पर्दैन । र अर्को कुरा मैले के देखिरहेको छु भने, यसले फेरी एक पटक अल्टा लेफ्ट शक्ति फेरी वलियो हुने खतरा देखिरहेको छु ।

त्यो कसरी सम्भव छ ?

नेपालको बामपन्थी राजनीति विश्लेषण गर्नुभयो भने एउटा न एउटा रेडिकल फोर्स यहाँ रहिरहेको इतिहास छ । तपाईं हेर्नुस् ०४६ सालसम्म माले आँफै रेडिकल थियो । ०४६ मा माले र माक्र्सबादी एकीकरण भएर एमाले भयो र उ चाहीँ डेमोक्रेटिक प्रोसेसमा आयो । त्यसको २ ३ बर्षभित्रै माओवादी जन्मियो र अहिलेसम्म पनि रेडिकल फोर्सकै रुपमा रहिरह्यो । अव माओवादीको एमालेसँगको एकीकरण भनेको माओवादी एमाले भएको भन्ने हो, नाम जे राखेपनि । भन्नाले फेरी १ पटक अर्को रेडिकल फोर्स जन्मिने खतरा मैले देखेको छु ।

तपाईंको मतलव अहिलेको एकीकृत पार्टी कम्युनिष्ट होईन भन्ने धारणा हो ?

यो मैले भनेको होईन । सँधै हेर्नुन, उग्र बामधारको कम्युनिष्ट पार्टी नेपालमा रहिरहन्छ । यदी भएका कम्युनिष्ट पार्टी डेमोक्रेटिक प्रोसेसमा जाँदै गर्दा यो धार पनि उत्तिकै सक्रिय र बलियो भएको इतिहास छ । त्यसैले यो एकीकरणले तीनवटा चुनौति थपेको छ, पहिलो नेपाली काँग्रेसका लागि हो, दोश्रो डेमोक्रेसीका लागि र तेश्रो भनेको रेडिकल कम्युनिष्ट जन्माउने खतरा छ । अनि वहाँहरु आफैका लागि पनि चुनौति छ । ब्यवस्थापन गर्न नसक्ने र ब्लाष्ट भयो भने भयंकर ठूलो दुखदायी हुन्छ ।