कम्प्युटर ह्याक गर्ने पोखरा विश्वविद्यालयका २ कर्मचारी निलम्वनमा, स्ववियु आन्दोलित

पोखरा, भदौ ११ ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कम्प्युटर ह्याक गरेको आरोपमा दुई कर्मचारी निलम्बित भएका छन् । विश्वविद्यालय इन्जिनियरिङ्गमा कार्यरत अमृत थापा र हेल्थ एण्ड एलाण्ड साईन्समा कार्यरत जीवन फुयाललाई निलम्वन गरेको विश्वविद्यालयले विज्ञप्ती जारी गरी जानकारी गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार गोविन्द शर्माले अनुसन्धान भईरहेको र १ जना कर्मचारी पक्राउ नपरेको जानकारी बताए । कम्प्युटर ह्याक गर्नेलाई खोजी गरी कारबाहीको माग सहित स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित भएको छ । स्ववियुले सोमबार ¥यालि नै निकालेर दोषीमाथी कडा कारबाहीको माग गरेको हो ।

¥यालि पछि वोल्दै स्ववियु सभापती सुनिल तिमिल्सेनाले छिटो भन्दा छिटो सत्य तथ्य खोजी कार्यवाही गर्नुपर्ने बताए ।