कमल थापाको प्रस्तावमा विवादास्पद निर्णय

काठमाण्डौं, माघ १० ।
कामचलाउ सरकारले राजनीतिक नियुक्तिहरु जारी राखेको छ । बुधबारको मन्त्रीपरिषद्को निर्णयबाट पनि नियुक्तिहरु भएका छन् । उपप्रधानमन्त्री कमल थापाको प्रस्तावमा १५ नगर विकास समिति अध्यक्षमा नियुक्त गरिएको छ ।
सहरी विकास मन्त्री समेत रहेका थापाले आफ्ना कार्यकर्ताहरुलाई नगर विकास समितिमा नियुक्त गरेको स्रोत बताउँछ ।