कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत

कञ्चनपुर, भदौ २७ ।
कञ्चनपुरमा फेरि एक १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । महाकाली नगरपालिकाकी १० वर्षीया बालिका मंगलबार साँझ बलात्कृत भएकी हुन् । उनलाई स्थानीय ४० वर्षीय आइते सुनारले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले साँझ बालिकालाई ४० वर्षीय युवकले बलात्कार गरेको जानकारी दिएका छन् । धानबारीमा लगेर बालिकालाई बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बालिकाले घरपरिवारलाई जानकारी गराएपछि तत्काल अभिभावकहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी तत्कालै घटनास्थलमा पुगेपछि चारैतिरबाट घेरा हालेर अभियुक्तलाई धानबारीबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।