कक्षा १२ को नतिजा सार्वजनिक, कसरी थाहा पाउने ?

काठमाण्डौं, साउन १३ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड कार्यालय भक्तपुरमा बसेको वैठकले नतिजा सार्वजनिक गरेको हो । १२ को परीक्षा गत वैशाख १५ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा मुलुकभरबाट साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी छन् । नतिजा राष्ट्रिय परीक्षा बोर्ड यहाँ क्लिक गर्नुस र नेपाल टेलिकमको वेबसाइट यहाँ क्लिक गर्नुस लगायका साइटबाट हेर्न सकिन्छ ।