ओली–विद्या कुकर्म, गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्चः बाबूराम
पोखरा, जेठ ८ ।
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद विघटनलाई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कुकर्म भनेका छन् ।
एक ट्वीट लेख्दै उनले मध्यरातमा संसद विघटन गरिनु चुनाव गर्नका लागि नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान नै खारेज गर्ने प्रपञ्च रहेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्, ‘भित्री÷बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र÷सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक÷असंवैधानिक÷प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो, त्यसैको कडी हो यो ओली–विद्या कुकर्म ! यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो। एकजुट होऔंः प्रतिवाद गरौं !’