ओली र स्वराजबीच ’वान टु वान’ बार्ता

काठमाण्डौं, माघ १८ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच ’वान टु वान’ छलफल भएको छ । यसअघि दुई नेताबीच सामूहिक छलफल मात्रै हुने समाचारहरु सार्वजनिक भएका थिए । होटल सोल्टीमा विदेशमन्त्री स्वराजका लागि एमाले अध्यक्ष ओलीले दिएको रात्रिभोजका क्रममा यो भेटघाट भएको हो ।
स्वराजसँग वान टु वान भेट गर्नुअघि ओलीले स्वराजसहित भारतबाट आएका टोलीसँग सामूहिक भेट गरेका थिए । भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि सहभागी थिए । सामूहिक भेटपछि ओली र स्वराज वान टु वान छलफलमा सहभागी भएका छन् भने भारतबाट आएको टोलीसँग विष्णु रिमाल, राजन भट्टराई, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली सहभागीले छलफल गरेका छन् ।