ओली र नेपालबीच मनमुटाव, कुराकानी नै ठप्प

काठमाण्डौं, भदौ २४ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन । ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन ।

उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो । नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो ।

बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।