ओलीको स्वास्थ्य अवस्था राम्रो

काठमाडौँ, पुस ३० ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको पाइएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था राम्रो भएको उनका स्वकीय सचिव एलिस दाहालले जानकारी गराए । ‘‘अध्यक्षज्यूको एउटा परीक्षण बाँकी छ । सबै रिर्पोट राम्रो देखिएको छ’’ दाहालले भने–‘‘उहाँको स्वास्थ्य अवस्था सोचेभन्दा राम्रो छ ।’’
अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा बैंककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन् । उनी पुस २६ गते धर्मपत्नी राधिका शाक्यसहित चिकित्सक विद्यासिंह साह र यादव भट्टका साथमा बैकक गएका हुन् । अध्यक्ष ओली आगामी बुधबार स्वदेश फर्कने स्वकीय सचिव दाहालले जानकारी गराए ।