ओलिको आरोप–काँग्रेसले बैंशमै बृद्धभत्ता दिन लाग्यो

पोखरा, माघ ११ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सस्तो लोकप्रियताका लागि देशलाई आर्थिक भार बढाएको आरोप लगाएका छन् । उनले कमचलाउ सरकारले गलत निर्णय गरेको भन्दै आलोचना गरे । विहिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले सरकारको निर्णय संविधान, कानुन र राष्ट्र हित विपरित भएको गुनासो गरे ।
‘सरकारले बजेट ल्याएको हो कि नीति तथा कार्यक्रम ल्याएको हो । कि पैसा राख्ने ठाउँ नपाएर बाँड्न लागेको ?, उनले प्रश्न गरे–यस्ता निर्णयले देशमा आर्थिक संकट सुरु हुन्छ । निर्णय गर्ने बेला सोच्नुपर्छ ।’ नयाँ कर्मचारी भर्ना गर्नु पर्ने बेलामा ६० अर्ब खर्च गरेर भएका कर्मचारीको स्वच्छिक अवकास दिन खोजिएको भन्दै उनले यसको पनि विरोध गरे । ६५ बर्षमा नै बृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओली भन्छन्–‘अब अर्कोले ६०, त्यसपछि ५० हुँदै बैंशमै बृद्धभत्ता दिने हो ?’ सरकारले गरेका नियुक्ती नयाँ सरकारले उल्ट्याउने उनले चेतावनी समेत दिए ।