एसईई, ११ र १२ कक्षाको परीक्षा सार्ने तयारी

काठमाण्डौं, फागुन १९ ।
ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ ।

परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई सामायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेल लाई पत्र पठाएको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पोखरेले परीक्षामा व्यवधान आउने भएपछि मन्त्री समक्ष पत्राचार गरेको जानकारी गराए ।

बोर्डले गएको सोमबार बोर्डका अध्यक्ष एवं मन्त्रीलाई पत्र पठाएको हो । बोर्ड अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, कोहलपुर, सुर्खेत, लाहानका कार्यालय प्रमुख संघ अन्तर्गत विभिन्न निकायमा समायोजन भएका छन् । अधिकांश समायोजनमा परेका शिक्षा मन्त्रालयका उपसचिव हुन् ।

त्यस्तै जनकपुर, हेटौडा, र धनगढी कार्यालयका प्रमुख प्रदेशमा, बुटवल, दाङ र डडेल्धुरा कार्यालयका प्रमुख स्थानीय तहमा समायोजनमा परेका छन् । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ५ उपसचिव मध्य एक जना संघ र ४ जना स्थानीय तहमा समायोजन भएका छन् । स

मायोजन भएका ती कर्मचारीलाई सरकारले हालसम्म समायोजनको पत्र पठाएको छैन । पत्र नपठाएपनि सबै कर्मचारी खटाएको कार्यालयमा जाने मनस्थिति बनाइसकेका छन् । सामायोजनमा परेका कर्मचारी गएपछि अधिकांस कार्यालय प्रमुख विहीन हुने भएका छन् ।

बोर्डले गुहा¥यो मन्त्री

कर्मचारी नभएपछि कसरी काम गर्ने, समायोजनमा परेका कर्मचारी सरुवा भएर जाने तयारी गरेपछि काम गर्न समस्या परेको छ–बोर्डका एक अधिकारीले भने । अध्यक्ष पौडेलले सबै प्रदेश र अन्य कार्यालयमा कर्मचारी खटाए समस्या नहुने बताए । उनले भने–पुराना कर्मचारीले काम सिकिसकेको अवस्थामा नया कर्मचारी पठाउदा समस्या हुनेछ ।

बोर्डले यो वर्ष एसइइमा करिब साढे ५ लाख , कक्षा ११ र १२ मा करिब १० लाम विद्यार्थीको परीक्षा व्यवस्थापन हुनुपर्छ । परीक्षा व्यवस्थापन, उत्तरपुस्तिका वितरण, परीक्षा संचालन, केन्द्रमा कर्मचारी व्वयस्थापन लगायत दर्जन भन्दा बढी काम गर्नुपर्छ ।

अहिले त कार्यालय प्रमुखनै छैन, कस्ले जिम्मेवारी लिएर काम गर्ने भन्ने विषय गम्भीर समस्या भएको छ । मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसके परीक्षामा समस्या आउने बोर्डको भनाई छ । बोर्डले एसईई परीक्षामा परीक्षा केन्द्र निर्धारण गरिसकेको छ ।