एमाले स्थायी समिति बैठक बस्दै, नेपाल समूहलाई कारबाही हुन सक्ने

पोखरा, जेठ १० ।
नेकपा एमालेको स्थायी समिति बैठक बस्ने भएको छ । आजै अपरान्ह ४ बजेट बैठक बस्ने छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका हुन् ।

बैठकबाट माधव नेपाल समूहलाई कारबाही गर्ने संकेत छ । शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर नेपाल समूहले जवाफ नबुझाउने बताएको छ ।