एमाले, माओवादी र नयाँ शक्तिबीच पार्टी एकीकरणको समझदारी

काठमाडौं, असोज १७ ।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण गर्ने समझदारी भएको छ । मंगलबार एमाले, माओबादी र नयाँशक्ती पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी पार्टी एकीकरणबारे आ–आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
उनीहरु बीच पार्टी एकतासँगै आगामी निर्वाचनमा एकसाथ जाने सहमति भएको छ । माओवादी केन्द्रका नेता जनार्दन शर्माले चुनावी तयारीसँगै पार्टी एकीकरणका कामहरुपनि सँगसँगै अगाडी बढाउने सहमति भएको बताए ।
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० र ४० को भागवण्डासहित एकसाथ जाने विषयमा भएको ७ बुँदे सहमतिमा एमाले र माओबादीका शीर्ष नेतृत्वले हस्ताक्षर गरेका छन् । यसमा नयाँ शक्तिलाई पनि उचित स्थान दिने सहमति भएको छ ।