एमाले, माओवादी र नयाँ शक्ति एउटै पार्टी बन्दै

काठमाण्डौं, असोज १७ ।
नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तीबीच मंसिर २१ गतेपछि एकता हुने भएको छ । तीन पार्टीका शीर्ष नेतृत्वले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि एकता गर्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्र सार्वजनिक गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्माले एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि एकता हुन लागेको बताए । ’एउटै कम्युनिष्ट पार्टी निर्माणका लागि एकता गर्न तीन पार्टी सम्मिलित ८ सदस्य एकता संयोजन समिति गठन भएको छ,’ उनले भने ।
संयोजन समितिको प्रमुख एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई तोकिएको छ । एकता संयोजन समितिमा एमालेबाट ४ जना, माओवादी केन्द्रबाट ३ जना र नयाँ शक्तिबाट १ जना थप सदस्य रहनेछन् ।