एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक

पोखरा, मंसिर २३ ।
एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले र माओबादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
उनले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजीत गरे । अधिकारीले २७ हजार २ सय ७ मत पाउँदा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका छन् ।
७० हजार ६ सय ५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।
अधिकारीले २०६४ मा माओबादी नेता झलकपाणी तिवारीलाई पराजीत गरे भने दोश्रो पटक २०७० मा काँग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजीत गरेका थिए ।