एमाले उम्मेदवार रवीन्द्र अधिकारीसँग आयोगले माग्यो स्पष्टीकरण

पोखरा, मंसिर ९ ।
निर्वाचन आयोगले आइतबार हुने प्रथम चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा एमालेका कास्की निर्वाचन क्षेत्र नंं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवीन्द्र अधिकारीले निर्वाचन आचारसंहिता उल्घंन गरेको भन्दै स्पष्टीकरण मागेको छ ।
उनले सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चररवालमा निर्वाचन चिह्न राखी प्रचारप्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
पहिलो चरणको निर्वाचनको मौन अवधि मंसिर ७ गते राति १२ बजेदेखि शुरु भइसके पनि आयोगले स्पष्ट पारेको छ । निर्वाचन आचारसंंहिता उल्लंघन गरेवापत कारवाही हुनुपर्ने हो\होइन ? भन्ने बारे २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।