एमाले उम्मेदवार खगराज अधिकारीले मतदान गरे

पेखरा, मंसिर २१ ।
नेकपा एमालेका नेता तथा वाम गठबन्धन कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार खगराज अधिकारीले आफ्नै मतदान केन्द्रबाट मतदान गरे । उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ स्थित आनन्दज्योति माविबाट भोट हालेका हुन् ।
अधिकारीले मतदाताले आफ्ना एजेण्डा मन पराएकाले बिजय सुनिश्चित भैसकेको बताएका छन् । अधिकारी यसअघि २०५१ सालमा पनि कास्की १ बाटै सांसद भएका थिए भने २०४८, २०५६ र २०६४ को संसदीय चुनावमा पराजीत भएका थिए ।