एमालेले तोक्यो उम्मेदवारको मापदण्ड

काठमाडौं, असोज १० ।
नेकपा एमालेले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बन्न मापदण्ड तयार गरेको छ । पार्टी कार्यालय बसुन्धरामा मंगलबार बसेको स्थायी समिति बैठकले उम्मेदवारको मापदण्ड तय गरेको हो ।
स्थायी समितिको निर्णयअनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुलाई प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनाइने छैन । उपयुक्त विकल्प नहुँदा स्थानीय तहमा पराजित भएका महिलालाई भने उम्मेदवार बन्न बाटो खुला हुनेछ ।
यसैगरी, यसअघि संविधानसभामा समानुपातिक सदस्यका रुपमा रहेकाहरुलाई पुनः समानुपातिक उम्मेदवार नबनाउने एमालेले निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा सहयोग नगर्ने र पार्टीलाई निरन्तर लेबी नबुझाएका व्यक्तिलाई प्रदेश र प्रतिनिधिसभामा उम्मेदावार हुन रोक लगाएको छ ।
एमालेले मंसिर १० र २१ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको आठ बुदेँ मापदण्ड तोकेको तोकेर जिल्ला तहमा सर्कुलर गरिसकेको छ । बैठकले क्षेत्रीय सवन्वय कमिटिको बैठकबाट तोकिएको योग्यताभित्र पर्ने एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेको छ ।