एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

काठमाण्डौं, माघ ९ ।
नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा सोमबार र मंगलबार बसेको स्थायी कमिटि बैठकले सातै प्रदेशबाट उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । वाम गठबन्धनसँगको सहकार्य अनुसार एमालेले ५६ मध्ये २९ सिटमा आफ्नो उम्मेदवार उठाउनेछ ।
प्रदेश १–नैनकला ओझा (महिला), खेम नेपाली (दलित), हरिचरण सिवाकोटी (खुला), परशुमेघी गुरुङ (खुला), अगम बान्तवा (अल्पसंख्यक),
प्रदेश २–सुमन प्याकुरेल (खुला),
प्रदेश ३–पार्वती रावल (महिला), उदया शर्मा (महिला), सिंहबहादुर बिक (दलित), वलराम बाँस्कोटा (खुला), बेदुराम भुसाल (खुला), रामचन्द्र राई दनुवार (अल्पसंख्यक),
प्रदेश ४–रामबहादुर थापा (अपांगता), गणेश तिमिल्सिना (खुला), शान्ति अधिकारी (महिला), दीपा गुरुङ (महिला),
प्रदेश ५–रामलखन हरिजन (दलित), खिमलाल भट्टराई (खुला), मीना बुढा (महिला), कोमल वली (महिला),
प्रदेश ६–कविता बोगटी (महिला), नन्दा शर्मा (महिला), नरपति लोहार (दलित), भैरवसुन्दर श्रेष्ठ (खुला), ठगेन्द्र पुरी (खुला),
प्रदेश ७–कमला ओली (महिला), इन्दु कडेरिया बिष्ट (महिला), शेरबहादुर कुँवर (खुला), चक्रप्रसाद स्नेही (दलित) ।