एमालेबाट को को बन्दैछन् मन्त्री ? (पढ्नुस् सम्भावित सूची)

पोखरा, फागुन १४ ।
सोमबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । यतिबेला नेताहरु मन्त्रीका लागि लविङमा ब्यस्त छन् । सोमबार विस्तार हुने मन्त्रीमण्डलमा एमालेबाट ४ जना मन्त्री बनाउने तयारी बुझिएको छ । महासचिव ईश्वर पोखरेलसहित प्रदीप ज्ञावली, योगेश भट्टराई र रवीन्द्र अधिकारी मन्त्री बन्ने बताईएको छ । यद्यपी नामावली हेरफेर हुन सक्ने पनि श्रोत बताउँछ । श्रोतका अनुसार भानुभक्त ढकाल, प्रेम आले, रघुवीर महासेठ र हृदयेश त्रिपाठीको बिषयमा पनि छलफल भैरहेको छ ।
ईश्वर पोखरेलले अर्थ मन्त्रालय, प्रदीप ज्ञावली परराष्ट्र, रवीन्द्र अधिकारी भौतिक योजना र योगेश भट्टराई रक्षामन्त्री बन्ने श्रोतको भनाई छ । प्रधानमन्त्री ओलीले एमालेबाट लालबाबु पण्डित र थममाया थापालाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । एमाले स्रोतका अनुसार मन्त्री मण्डल विस्तार गर्ने सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता सकिएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार राति वार्ताका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बार्ताका बिषयमा बाहिर आएको छैन । बार्ता मिले परराष्ट्र मन्त्री उपेन्द्र यादवलाई दिने सम्भावना पनि छ ।
माओवादी केन्द्र रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा सरकारमा जाँदैन । गृह मन्त्रालय कसलाई दिने भन्ने विषयमा माओवादीले ठोस निर्णय गर्न नसक्दा आइतबार हुने भनिएको मन्त्री मण्डल बिस्तार सोमबारका लागि सारिएको हो । सोमबार दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ बन्ने मन्त्रीहरूको सूची जाने र ३ बजे सपथ ग्रहण हुने एमाले स्रोत बताउँछ ।