एमालेको ४ नम्बर प्रदेशबाट राष्ट्रियसभाका उम्मेदवार सिफारिस

पोखरा, माघ ५ ।
एमाले प्रदेश कमिटी ४ नम्बर प्रदेशले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस पठाएको छ । सिफारिस अनुसार खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम परेको छ । अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।
भागवण्डाका क्रममा एमालेको पोल्टामा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको प्रदेश कमिटी सदस्य श्रीनाथ बरालले जानकारी दिए ।