एनसेल काण्डमा रवीन्द्र अधिकारीलाई किन मुछे कुमार खड्काले (भिडियो)

पोखरा, मंसिर १८ ।
पछिल्लो समय पोखरामा एउटा बिषयले माहौल तात्यो । पुर्व मन्त्री कुमार खड्काले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार तथा एमाले नेता रवीन्द्र अधिकारीलाई एनसेल काण्डमा मुछे । अधिकारीको विकास समितिले एनसेललाई गलत बाटोबाट एनसेललाई फोरजी सेवा दिएको खड्काको दावी छ ।
उनले संसदको सार्वजनिक लेखा समिति र अर्थ समितिबाट रोकिएको फोरजी सेवा सञ्चालन अनुमति अधिकारीको विकास समितिले रातारात फुकुवा गरिदिएको बताए । ‘देशभरी एनसेलको विरुद्धमा आन्दोलन थियो । अधिकांश सांसदले एनसेलले सरकारलाई तिर्नुपर्ने लाभकर नतिरेसम्म नयाँ अनुमति नदिने घोषणा गरेका थिए, खड्काले भने–सबैले रोकेको स्विकृति विकास समितिले दिनुपर्ने कारण के हो ? जवाफ दिनुपर्छ ।’

एमाले नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले भने एनसेलले २६ अर्व रुपैयाँ बुझाईसकेको बताएका छन् । बाकीँ लाभकर पनि बुझाउने तयारी गरिरहेको र लाभकर चुक्ता नभएसम्म उसले अचल सम्पत्ति र शेयर किनबेच गर्न नपाउने अधिकारीले बताए । खड्काले चाहीँ गलत बाटोबाट सेवा सञ्चालन स्विकृति दिएकाले बाँकी रकम नआउने दावी गरेका छन् ।

खड्काले फोरजी सेवा अनुमति दिँदा राष्ट्रलाई घाटा हुने खालका निर्णय भएको बताएका छन् । के हो त एनसेल काण्ड हेर्नुस् पूरा भिडियो ।