एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का

पोखरा, कार्तिक २६ ।
नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले ‘एनसेल खरिद विक्रि काण्डदेखि अवैधानिक तरिकाबाट फोर जी सेवा संचालन अनुमति’ दिन गरिएको निर्णयको भण्डाफोर गर्ने बताएका छन् ।
केहि दिन अगाडि चुनावी कार्यक्रमको क्रममा खड्काले कास्की क्षेत्र नम्बर २ मा बामगठबन्धनको तर्फबाट प्रतिनीधिसभा सदस्य उम्मेदवार रविन्द्र अधिकारीलाई यो काण्डमा मुछेका थिए । उनले फेरि पनि यो विषयलाई अझै बढि गम्भिरताका साथ मिडियामा ल्याउने कुरालाई दोहो¥याए ।
‘मैले यो काण्डको विषयमा कुरा उठाएपछि बाम गठबन्धनका धेरै साथीहरु म सँग चिढिएका छन् । र, मलाई यस्तो कुरा नबोल्नका लागि घुमाउरो चेतावनी पनि दिएका छन् ।’ उनले भने–‘तर म त्यतिकै आरोप प्रत्यारोपमा उत्रिएको छैन । मसँग प्रमाणहरु छन् । र, केहि दिनमा ती प्रमाणहरु मैले मिडियामा सार्वजनिक गर्नेछु ।’ नेपाललाई २६ खर्ब रुपैँया घाटा हुने गरिएको यो निर्णयको बारेमा नेपाली जनतालाई जानकारी पाउनुपर्ने भएकोले आफुले यसो गर्न लागेको उनले बताए ।
‘मैले यो विषयमा तत्कालिन समयमा पनि आवाज उठाएकै हो । र, मुलधारका मिडियाले पनि यो बिषयलाई प्राथमिकताका साथ उठाएकै हु्न् ।’ उनले भने–‘तर यो विषयलाई झन् बढि गुपचुप गराएर आफ्नो गल्ती ढाक्ने काम त्यसबेलादेखि नै हुँदै आएको हो ।’ आफुले संसदमा तत्कालिन समयमा ‘एनसेल खरिदविक्रि काण्ड’ र ‘विकास समितिले गरेको निर्णय’को विरोधमा बोलेका कुराहरु अझै पनि ‘अडियो–भिडियो’ नै सुरक्षित भएको उनले बताए ।
खड्काले एनसेलको खरिदविक्रिसँग जोडिएको कर छुटको कुरादेखि फोर जी संचालनको अनुमती दिने निर्णयसम्म पैसाको अत्याधिक चलखेल भएको कुरालाई पुनः दोहो¥याए । ‘रविन्द्र अधिकारी प्रत्यक्ष यसमा संलग्न छन् वा छैनन् भनेर उनले खुलस्त पार्नुपर्छ । किनभने उनी विकास समितिका संयोजक हुन् । उनी यो विषयलाई लिएर पन्छिन कदापी मिल्दैन ।’ कुमार खड्का रविन्द्र अधिकारी संयोजक रहेको विकास समितिका एक सदस्य समेत हुन् ।
उनले यो काण्डसँग सम्बन्धि रहेर करिब सम्पूर्ण प्रमाणहरु जुटाईसकेको पनि खुलाए । नेपाली काँग्रेस कास्की क्ष्ोत्र नम्बर २ मा पर्ने वडा नम्बर १७ को वडा सम्पर्क कार्यालय स्थापना कार्यक्रममा उनले यो कुरालाई प्राथमिकताका साथ बोलेका हुन् ।