एक करोडसम्मका योजनामा डोजर चलाउन नपाईने
काठमाण्डौं, माघ २६ ।
एक करोड रुपैयाँसम्मका सरकारी योजनामा डोजरलगायत मेसिन प्रयोग गर्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका आयोजनामा मेसिन प्रयोग गर्न रोकेको हो ।
यस्तो व्यवस्था समेटिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी निर्दे्शिका मन्त्रिपरिषद्ले पारित गरेको छ । निर्देशिका फागुन १ देखि लागू हुँदैछ ।
जनप्रतिनिधिले डोजरलगायत उपकरण खरीद गरी सार्वजनिक निर्माणमा प्रयोग गर्दै आइरहेका छन् । जथाभावी डोजर प्रयोग गर्दा विकासको नाममा विनाश भइरहेको र बेरोजगारले काम नपाएको भन्दै वातावरणविद्ले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।