एक्याप र एमक्यापमा गण्डकी सरकारको दावी

पोखरा, जेठ ३२ ।
अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजना गण्डकी सरकारले दावी गरेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले दुईवटै आयोजना आफ्नो मातहतमा ल्याउने पहल गर्ने घोषणा गरेको हो ।

गण्डकी सरकारले पटक पटकको प्रदेश विकास समस्या समाधान समितिको बैठक र प्रदेश समन्वय परिषद्को बैठकमा यि आयोजना आफ्नो मातहत ल्याउन पहल गर्ने निर्णय गर्दै आएको थियो । तर संघ सरकारले अहिलेसम्म दिन आनाकानी गरिरहेको छ ।

‘अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजनालाई प्रदेश सरकार मातहत ल्याउन पहल गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ । एक्यापले गण्डकीका १५ पालिका र एमक्यापले १ पालिका ढाकेको छ ।

एक्याप र एमक्याप भएका स्थानीय सरकारले प्राकृतिक श्रोत उपभोग गर्न पाएका छैनन् । जसका कारण स्थानीय सरकार पनि एक्याप र एमक्यापसँग रुष्ट छन् । उनीहरुले चाहिँ दुवै आयोजना स्थानीयलाई हस्तान्तरण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

फाइल फोटो