एकै पटक १९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं, भदौ २८ ।
न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद बैठकले सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस पनि गरेको छ ।
संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा परिषदको बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ ।
न्याय परिषदले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।