उपेन्द्र देवकोटाको मृत्यु भएको छैन–अस्पताल

पोखरा, जेठ २६ ।
बरिष्ठ सर्जन डा. उपेन्द्र देवकोटाको मृत्यु नभएको अस्पताल श्रोतले जनाएको छ । न्युरो अस्पताल र परिवार श्रोतले पनि समाचार गलत भएको भन्दै समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा गलत समाचारको पछि लागेर मृत्युको समाचार प्रकाशित गरेको भन्दै देवकोटाको अवस्था जटिल भएको परिवार श्रोतले जनाएको छ । मृत्यु भने नभएको परिवार श्रोतको भनाई छ । ‘वहाँको अवस्था जटिल छ । तर मृत्यु भैसकेको होईन, परिवार श्रोत भन्छ–वहाँ उपचाररत हुनुहुन्छ । हतारोले ज्युँदो मान्छेलाई मार्ने काम नगरौं ।’ न्युरो अस्पतालको आईसियु कक्षमा उनको उपचार चलिरहेको छ ।

देवकोटाको बेलायतमा उपचार सम्भव नभएपछि मातृभुमी मा नै मर्ने ईच्छा सहित उनी नेपाल फर्किएका हुन् । तर मृत्युको समाचार प्रकाशनका लागि हतार नगर्न परिवारको आग्रह छ । अस्पतालमा कार्यरत डाक्टरले पनि देवकोटाको मृत्यु नभएको भन्दै अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।