उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
काठमाडौं, पुस ८ ।
उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
उनले मंगलबारैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।
समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएको जनाएका छन् ।
दुईबुँदे सहमतिबाट सरकार पछि हटेको तथा सहमतिलाई एकतर्फीरुपमा तोडेको प्रस्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुनेगरी उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ’–उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको राजीनामापत्रमा उल्लेख छ ।(ईमेजखबरबाट साभार)