उद्घोषण कला तालिम सकियो

पोखरा, असार ८ ।

पोखरा लेखनाथमहान गरपालिका वडा नम्बर १० स्थित रंगशाला आमा समूहको आयोजनामा भएको उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी ७ दिने तालिम सकिएको छ । महिलाहरुको क्षमता अभिबृद्धी गर्ने उद्देश्यले महागरको सहयोगमा तालिम आयोजना गरिएको हो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले महिलाहरुको क्षमता विकास मार्फत विकासको मुलधारमा ल्याउने वडाको लक्ष्य रहेको बताए । उनले उद्घोषण कला सँगै नेतृत्व विकास र लेखा लगायतअन्य विभिन्न तालिम पनि निरन्तर भैरहेको भन्दै आवश्यक्ता अनुसारको तालिम माग गर्न आग्रह पनि गरे ।

‘हामीले दिदीबहिनीहरुको क्षमताविकास गर्न हरेक तालिमगरिरहेका छौं । अहिलेसम्म २० वटाभन्दा बढी तालिम भैसक्यो, उनले भने–आगामीदिनमापनिकुनै तालिमको चाहनाभए वडासँग मागगर्नुहोला ।’आगामीबर्षको बजेटमा पनिमहिलाको बजेट सुरक्षितहुने गरी कार्यक्रम तय गरिएको गुरुङले जानकारी दिए ।

काँग्रेस नेतृ सरस्वती गुरुङले महिलाहरु समाजमापनिअगुवाई गर्ने परिपाटीको विकास हुनुपर्ने बताईन् । ‘घरभित्रमात्रै बस्ने होईन अव समाजमापनि लाग्नुपर्छ, उनले भनिन्–यस्ताखालकातालिमले तपाईंहरुले सहयोग गर्नेछ ।’उनले प्राप्त गरेको सीप दैनिकजीवनमापनिकार्यान्वयनगर्न आग्रहगरिन् । कार्यक्रममा ईन्द्रमार्ग टोल विकास संस्थाकाअध्यक्षरुद्र शर्मा, सल्लाहकार बलभद्र शर्मा, बुद्धचोक आमा समूहकीपुर्व अध्यक्षतुलसीसुनुवार राई लगायतले सिक्ने क्रमनिरन्तर हुनुपर्ने बताए ।

तालिमका सहभागीहरु टकमाया पाईजा, चिजकुमारी गुरुङ र खेमाया रानाले तालिमफलदायीभएको भन्दै परिस्कृत खालको तालिम तुरुन्तै ल्याउनुपर्ने सुझावदिए । तालिममा ६२ जना सहभागीथिए । आमा समूहकीअध्यक्षचन्द्रा गुरुङको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालन सचिवमञ्जु गुरुङले गरेकीथिईन् भने तालिमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेकाथिए ।