इरानमा १८० जना सवार विमान दुर्घटना

 

एजेन्सी, पुस २३ ।

युक्रेनको एउटा यात्रीवाहक विमान इरानको राजधानी तेहरानमा दुर्घटनामा परेको छ ।

तेहरानको इमाम खोमेनी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको हो । सो विमानमा १८० जना व्यक्ति सवार रहेको बताइएको छ ।

विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो । दुर्घटनाको कारण यकिन खुल्न सकेको छैन ।

इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ ।