इन्जिनियर्स एशोसियनको चुनाव–डेमोक्रेटिक प्यानलको उम्मेदवारी

पोखरा, कार्तिक २७ ।
आउँदो मंसिर २८ गते हुने नेपाल इन्जिनियर्स एशोसियसन गण्डकी प्रदेशको चुनावका लागि डेमोक्रेटिक उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । चुनावमा दुई प्यानल हुने पक्का भैसकेको छ । काँग्रेस निकट डेमोक्रेटिक र नेकपा निकट प्रोग्रेसीभ बीच प्रतिश्पर्धा हुने भएको छ ।

डेमोक्रेटिकबाट अध्यक्षमा राजेश भट्टराईले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा विनोद प्रसाद हेंज्यूले उम्मेदवारी दिएका छन् । सचिवमा सन्तोष जिसि, सहसचिवमा सन्तोषकुमार बराल र कोषाध्यक्षमा सरला श्रेष्ठको मनोनयन परेको छ ।

सदस्यहरुमा हरि प्रसाद अधिकारी, उदय राज ढुंगाना, सुरेन्द्र पौडेल, शंकर लामिछाने, दीपेन्द्र रावल, आनन्द सापकोटा, सुजन पण्डित, शंकर कंडेल, रमेश सुवेदी र सुश्मा बराल छन् । समूहबाट केन्द्रिय सदस्यमा रमेश बास्तोला उम्मेदवार बनेका छन् ।
यो पनि पढ्नुस् ।

नेपाल इन्जिनियर्स एशोसियसनको चुनाव–प्रोग्रेसिभ समूहको उम्मेदवारी दर्ता