इटलीमा एकैदिन ७९३ को मृत्यु, स्थिति भयावह

एजेन्सी, चैत ९ ।
इटालीको दैनिकी निकै भयावह बनिरहेको छ । चीनपछि कोरोनाको प्रभाव इटालीमा बढी छ । शनिबार मात्रै त्यहाँ थप ७ सय ९३ जनाको मृत्यु भएको छ ।

हालसम्मकै यो मृत्यु उच्च हो । इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।