इच्छाशक्ति तथा पारदर्शि ढङ्गबाट काम गर्ने हो भने थोरै पैसाले पनि धेरै काम गर्न सकिन्छ : मेयर जि.सी

 

पोखरा, असोज १६ ।

पोखरा महानगरपालिका वडा कार्यलय ९ ले नयाँ भवन उद्घाटन, पाश्र्व चित्र अंक ९ विमोचन तथा नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि मान बहादुर जिसीले वडाको नयाँ भवनबाट नागरिकले सम्पुर्ण सेवा सहज रुपले पाउने आशा व्यक्त गरे । विकासका लागि सबै नागरिक तथा जनप्रतिनिधिको धारणा बजेट नै पहिलो प्राथमिकता तथा विकल्पको रुपमा सोच विकास भएको हुँदा सोचे जति पोखराको विकास हुन नसेकको उनले बताए । इच्छाशक्ति तथा पारदर्शि ढङ्गबाट काम गर्ने हो भने थोरै पैसाले पनि धेरै काम गर्न सकिने र विकास गाह«ो कुरा नरहेको उनको भनाई थियो । विकासका नाममा धेरै ठाँउमा हुने चुहावट रोक्ने तथा विकासलाई आत्मसाथ गर्ने हो भने दिर्घकालिन विकास सम्भव रहेकोमा उनको जोड थियो ।

यसका साथै जिसीले वडाले प्रत्येक वर्ष आफनो क्रियाकलाप तथा गतिविधि साथै पारदर्शिता देखाउने आधारको रुपमा पाश्र्वचित्र अंक ९ सम्म ल्याउन सफल भएकोमा शुभकामना तथा प्रशंसा गर्दै पाश्र्व चित्र अकं ९ विमोचन समेत गरे ।

वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले वडाले प्रदान गर्ने सम्पुर्ण सेवा छिटो छरिदो प्रदान गर्न र नागरिकले कुनै दुख नपाओस् भन्ने सोचका साथ सबै सेवा एकै ठाँउ बाट दिन पहिलेको भवन अपुग भएकाले नयाँ कार्यालय बास्तोलाथरमा सारिएको जानकारी दिए । पुरानो वडा कार्यलयमा शहरी स्वास्थ्य केन्द्र सन्चालन रहेको समेत उनले बताए । हरेक सेवा नागरिकलाइ चुस्त दूरुस्त रुपले प्रवाह गर्न जनप्रतिनिधि तथा कर्मचारीको साथ पाएको उनले बताए । वडाले आफुले गरेका सम्पुर्ण कामको विवरण प्रत्येक वर्ष निकालिने पाश्र्व चित्रले नै छर्लङ्ग बनाउने हुँदा आगामी दिनमा गर्नुपर्ने कामको लागि वडाबासीलाई अध्ययन गरि सल्लाह सुझाव दिन समेत उनले आग्रह गरे ।

वडा सदस्य राममाया मानन्धरले विजया दशमी, शुभदिपावली, नेपाल सवत तथा छठपर्वको शुभकामना साथै कार्यक्रममा धन्यवाद ज्ञापन गरेकि थिइन् । कार्यक्रममा वडा का जनप्रतिनिधि, राजनितिक दलका ईकाइ अध्यक्ष, टोल विकास सस्था, महिला तथा आमा समुह तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन वडा सचिव लोक दर्शन कोइरालाले गरेका थिए ।