आलोचनापछि के भन्छिन् कोमल वली ? (फेसबुक पोष्ट सहित)

काठमाण्डौं, माघ १० ।
केही महिनाअघि मात्र पार्टी प्रबेश गरेकी कोमल वलीलाई राष्ट्रियसभा निर्वाचनमा टिकट दिइएकोमा एमालेभित्र आलोचना भएपछि कोमल वलीले आलोचनाको समेत आफुले स्वागत गर्ने बताएकी छिन् । मंगलबार साँझ फेसबुकमार्फत प्रतिक्रिया दिदै उनले सिर्जनात्मक आलोचनालाई स्वागत गर्ने बताएकी छिन् ।
फेसबुकमा उनको पोष्ट–‘सबैभन्दा सजिलो केही छ भने त्यो हो–अरुको आलोचना गर्नु र खुट्टा तान्न खोज्नु । तर, मेरा प्रतिबद्धता पूरा गर्नेमा म दृढ छु, यही विश्वासमा मलाई ठूलो जिम्मेवारी सुम्पने पार्टीको निर्णयप्रति नमन ! म यो र मप्रतिको नेपालीको विश्वासलाई मर्न दिने छैन । सिर्जनात्मक आलोचना सधैं स्वागत गर्नेछु ।’