आर्थिक समृद्धि काँग्रेसको अभियान–थापा

पोखरा, कार्तिक २४ ।
नेपाली काँग्रेस क्षेत्र नं २ (ख)का उम्मेदवार विन्दुकुमार थापाले घरदैलोको दोस्रो दिन शुक्रबार वडा न ८ का स्थानीय बासिन्दासँग भलाकुसारी गरिरहेका छन् । स्थानीयबासिन्दासँग नेपाली काँग्रेसलाई मतमाग्दै पाईला बढाईरहेका छन् ।
चुनाव जितेपछि पाँचवर्षसम्म नफर्किने प्रवृत्ति रहेको गुनासो यत्रतत्र छ । तर प्रदेशको लागि चुनावी मैदानमा रहेका थापाले आफनो जितले पोखरा र समग्र प्रदेशको विकासमा दत्तचित्त भएर लाग्ने बताए । घरदैलो अभियानमा वडा नं ८ बासीहरु उपस्थिति बाक्लो छ । कार्यकतासँगै सर्वसाधारण पनि थापासँगै चुनावी अभियानमा हिडिरहेका छन् ।
“पोखराको विकासको लागि मेरो उम्मेदवारी हो ।” उनले भने–अबको लक्ष्य नै आर्थिक समृद्धि नै हो । देशको मुहार फेर्नलाई पनि काँग्रेसलाई भोट दिनोस ।” समाजको विकास विना देशको समृद्धि नहुने भन्दै थापाले समाज विकासको एजेण्डालाई काँग्रेसले मात्रै बोकेको उल्लेख गरे ।
थापाले घरदैलो अभियानकै क्रममा भने–“अबको अभियान नै आर्थिक समृद्धिको अभियान हो । त्यसको लागि तपाईहरुको सहयोग र समर्थन हुनु अत्यावश्यक छ ।”