आधिकारिक रुपमा फेरियो पोखरा महानगरको नाम

पोखरा, भदौ २५ ।
पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम हुनेछ ।

नाम लामो भएको भन्दै कार्यपालिकाका दुईतिहाई भन्दा बढी सदस्यहरुले लेखनाथ हटाउन सरकारलाई सुझाव पठाएका थिए । सरकारले केही समयअघि मन्त्रिपरिषद्बाट निर्णय गर्दै आज राजपत्रमा प्रकाशन गरेको हो ।