आतंकित पार्दै विप्लव माओवादी, १३ गते देशब्यापी प्रदर्शन (कार्यक्रम सूचीसहित)

पोखरा, फागुन ८ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले साताब्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । मंगलबारको बन्दैमा सहयोग गर्ने सबैलाई धन्यबाद भन्दै उनले आगामी कार्यक्रम घोषणा गरेका हुन् । ‘राज्य आतकंको विरोधमा नेकपाले गरेको बन्द पूर्ण सफल भएको छ । यसमा सघाउने सबैलाई धन्यबाद, विप्लवले जारी गरेको विज्ञप्तीमा भनिएको छ–हामीलाई थप बलियो भएर कार्यक्रम गर्ने हौसला मिलेको छ । अब केही दिन संघर्षका कार्यक्रम हुन्छन् ।’
साथै पहिलो चरणमा फागुन ९ देखि १३ गतेसम्म थप कार्यक्रम घोषणा गरिएको विप्लव समूहले जनाएको छ । जसअन्तर्गत फागुन ९ गते कोणसभा, १० गते अन्तक्र्रिया, ११ गते प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने, १२ गते प्रदर्शन र १३ गते देशव्यापी ठूलो प्रदर्शन हुने विज्ञप्तीमा जनाईएको छ ।