आठ वर्षीय बालकले चलाउने यूट्युव च्यानलको कमाई २.६ करोड डलर

एजेन्सी, पुस ५ ।
आठ वर्षका एक अमेरिकी बालकले यो वर्ष यू–ट्युबमा सबैभन्दा बढी कमाई गरेका छन् । टेक्सस निवार्सी यान काजीको च्यानलमा विभिन्न खेलौनाहरुका समिक्ष प्रस्तुत हुने गर्छ र्। यान अघिल्लो वर्ष पनि सबैभन्दा धेरै कमाई गर्ने शिर्ष यू–ट्युबर थिए र्। यानले सन् २०१८मा २.२ करोड डलर कमाएका थिए भने यो वर्ष उनको कमाई बढेर २.६ करोड पुगेको छ ।

२०१८ देखि जुन २०१९ सम्मबीचको आय समेटेर फोब्र्सले शिर्ष कमाई गर्ने यूट्युबरको सूचिर्मा यान लगातार दोस्रो वर्ष पनि शिर्ष स्थनमा परेको हुन् र्। यानपछि धेरै कमाई गर्नेमा दोस्रो र तेस्रो च्यानल ड्यूड पर्फेक्ट र नस्त्या हुन् । तिनले क्रमशः २ करोड र १.८ करोड कमाई गरेको देखिएको छ ।

‘ड्यूड पर्फेक्ट’ यूट्युव च्यानलमा ३० कटेका पाँच साथीहरु विभिन्न खेलौना खेलिरहेका देखिन्छन् । त्यस्तै नस्त्या च्यानलमा सेरेबल पाल्सी रोगबाट ग्रसित अनास्तासिया राद्जीनस्कायालाई देखाइन्छ ।

फोब्र्सले दिएको यूट्युबरको आयमा कर काटिनुअघिको विज्ञापन, स्पोन्सर्ड सामाग्री, सामाग्री विक्रि र टुरबाट संकलित रकम छन् र्। यान उनको आमा, बुवा र जुम्ल्याहा बहिनीहरुसँगै टेक्ससमा बस्छन् । उनको च्यानलमा प्रत्येक दिनजसो एउटा भिडियो सार्वजनिक हुनेगर्छ । उनको च्यानलमा २ करोड २९ लाखभन्दा बढी सव्स्क्राइवर्स छन् ।

उनका भिडियोहरु करौडौ पटक हेरिएका छन् । केही त अर्बभन्दा बढी हेरिएका छन् । अघिल्लो नोभेम्बरमा एनबीसी च्यानलसँगको काुराकानीर्मा यानले आफ्ना भिडियोहरु ‘मनोरञ्जनात्मक र रमाइलो’ भएकाले मानिसहरुले मन पराउने गरेको बताए । फोब्र्सको सुचि अनुसार यो वर्ष धेरै आय गर्ने शिर्ष दश च्यानलको आय १६ करोड डलरभन्दा बढी छ । रातोपाटीबाट साभार गरिएको हो ।