आज प्रधानमन्त्री ओलीको जन्मदिन, ’विशेष’ मनाउने तयारी

काठमाण्डौं, फागुन ११ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको आज ६६औं जन्मदिन परेको छ । यो जन्मदिनलाई विशेष बनाउने एमालेको तयारी छ । स्रोतका अनुसार स्थायी कमिटी बैठकमा जन्मदिन मनाउने तयारी गरिएको हो ।
बैठक सुरु हुनुअघि केक काट्न लागिएको छ । जन्मदिनकै अवसरमा ओलीले एमाले तथा माओवादीका मन्त्रीहरुलाई सपथ खुवाउने सम्भावना समेत प्रबल छ । मन्त्री छान्नकै लागि एमालेले स्थायी कमिटी बैठक बोलाएको हो ।