आकाशबाट यस्तो देखियो बन्दै गरेकाे पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो हेर्नुस्)

पोखरा, बैशाख १६ ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रन–वे र ट्याक्सी–वे को निर्माणको काम सकिएको छ । २५ सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको रन वेमा ढलान गरिएको हो ।

अन्य विमानस्थलमा पिच गर्ने गरिए पनि पनि पोखरामा पहिलो पटक रन वेमै ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ ।

निर्माण कार्य थालेको करिब १५ महिनामा विमानस्थल रन–वे निर्माणका काम सकिएको इन्जिनियर कृष्ण पौडेलले बताए । रनवे पूरा भएकोले अव विमानस्थलमा जहाज ल्याण्ड गर्न सकिने उनको भनाई छ ।

सन् २०२१ भित्रै विमानस्थल निर्माण गरेर ठेकेदार कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । २०३१ सालमा विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरिएको थियो । पहिलोको जग्गाले नपुगेपछि पटक पटक गरेर जग्गा थपिएको छ ।