आइसीसी क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकालाई हरायो

पोखरा, असार ५ ।
आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।

यसअघि नेपाल पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । सोमबारको खेलमा अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा ग¥यो । नेपालको जितमा भीम सार्कीले अर्धशतक प्रहार गरे । तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका भीमले नटआउट ७७ रन जोडे ।

यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन जोडे । कप्तान रोहित पौडेल १६ रन र कुशल मल्ल १३ रनमा आउट भए । ओपनर आसिफ शेख १२ रनमा आउट हुँदा कुशल भुर्तेल ३९ रनमा पेभेलियन फर्किए ।

जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा टस हारेर ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो । बलिङमा नेपालका करण केसीले ४ विकेट लिए ।